यस कारण मतपत्रमा हरियो रङको चुनाव चिह्न – आयोग
२६ फागुन काठमाडौं । निर्वाचन आयोगले मतगणनामा सहजता ल्याउन मतपत्रमा चुनाव चिह्न हरियो रङको बनाउन लागिएको स्पष्ट पारेको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतपत्र र स्वस्तिक चिह्न एउटै हुँदा मतगणनामा समस्या हुने देखिएकाले मतपत्रलाई हरियो रङको बनाउन लागिएको र यो नितान्त प्राविधिक काम भएको बताए ।
गणनामा सजिलो होस् भन्ने उद्देश्यले मात्र चुनाव चिह्नको रङ र स्वस्तिक छापको रङमा भिन्नता ल्याउन खोजिएको आयोगले जनाएको छ । त्यस्तै आयोगसँग भएको भोटिङ मेसिनबाट मतदान गर्दा प्राविधिक समस्या देखिने भएकाले प्रयोग गर्न नसकिने अर्यालले बताए । उनले विदेशमा रहेका नेपालीहरूलाई निर्वाचनमा भाग लिने व्यवस्थाका लागि कानुनी पूर्वाधार नबनेको बताए ।