पाँच हजार जनामा परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण
Capital Headline
प्रकाशित मिति :
मंगलबार, चैत्र २२ २०७८
4.4K
SHARES
२२ चैत काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार २७८ पीसीआर र २ हजार ३०९ एन्टिजेन गरी ५ हजार ५८७ जनामा गरिएको परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप ५१ जना संक्रमणमुक्त भएको छ । हालसम्म नेपालमा ९ लाख ६५ हजार ७ सय ६५ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । हाल नेपालमा ८ सय १२ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट