काठमाडौंमा १ जनामा संक्रमण, १५ जिल्ला ‘कोरोना फ्री’
Capital Headline
प्रकाशित मिति :
बिहिबार, चैत्र २४ २०७८
6.1K
SHARES
२४ चैत काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकजना कोभिड १९ संक्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामध्ये आज काठमाडौंमा मात्रै संक्रमित थपिएका हुन् ।
आजसम्म उपत्यकामा सक्रिय संक्रमितको संख्या २१९ रहेको छ । आजसम्म १७ जिल्ला कोभिड फ्री भएका छन् भने अन्य जिल्लामा सक्रिय संक्रमितको संख्या १ देखि १२० सम्म रहेको छ ।
आज देशभर ७१७ जना होम आइसोलेसनमा, ३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये ११ जना आईसीयूमा र १ भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट