भारतमा पछिल्लो २४ घण्टामा ३ हजारभन्दा बढी कोरोनाका संक्रमित भेटिए
Capital Headline
प्रकाशित मिति :
बिहिबार, बैशाख १५ २०७९
7.6K
SHARES
१५ वैशाख काठमाडौं । भारतमा कोरोनाभाइरसका नयाँ संक्रमितमा एकपटक पुनः तीब्रता आएको छ । भारतको स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टाभित्र भारतमा कोरोनाका ३ हजार ३०३ नयाँ संक्रमित भेटिएका छन् ।
यतिबेला कोरोनाका २ हजार ५६३ बिरामी निको पनि भएका छन् र ३९ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोनाका कारण हुने मृत्युको आँकडा ५ लाख २३ हजार ६९३ पुगेको छ र सक्रिय संक्रमितको संख्या बढेर १६,९८० पुगेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट