बयलगाडाका प्रवर्द्धक ओली हुन् – अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख २५ २०७९
3.7K
SHARES

२५ वैशाख पोखरा । नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा(एमाले) का अध्यक्ष  केपी ओलीलाई बयलगाढाको प्रवर्द्धक रहेको बताएका छन् ।

गठबन्धन दलले पोखरामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेपालले ओलीलाई प्रतिगामी गठबन्धनको नेतृत्व गरेको भन्दै अहिले देशमा अग्रगामी र प्रतिगामी गठबन्धनको बीचमा प्रतिस्पर्धा रहेको बताए ।

भाषणको अधिकांश समय ओलीको आलोचनामा बिताएका नेपालले देशभर स्थानीय तहको निर्वाचनमा ओलीले हार बेहोर्ने दाबी गरे । उनले  नेकपा (एमाले) निर्माणका लागि ओलीको कुनै भूमिका नरहेको बताए ।