भरतपुरमा भुईँ कटहर छ – नेता पोखरेल
२५ वैशाख काठमाडौं । एमाले नेता कृष्णभक्त पोखरेलले भरतपुर महानगरमा एमालेको विजय गराउन कुनै समस्या नरहेको जनाएका छन् । आइतबार एमालेले भरतपुरमा आयोजना गरेको चुनावी सभामा बोल्दै एमाले सांसद समेत रहेका पोखरेलले अघिल्लो चुनावमा एमालेले २१६ मत जतिले मात्रै पराजय भोगेको भन्दै अहिले राप्रपाको मत १२, १५ हजार मत त्यसै थपिएकाले एमालेको जित निश्चित रहेको दावी गरे ।
‘अब त १२, १५ हजार मत त्यसै थपिँदैछ । त्योबाहेक भुईँ कटहर छ, भुईँ कटहर’, पोखरेलले काँग्रेसकै बागी उम्मेदवार समेत एमाले उम्मेदवारका लागि जितको आधार रहेको बताए । उनले कसैलाई बाकस साट्ने सपना समेत नदेख्न चेतावनी दिए ।