भरतपुरमा एमालेको अग्रता कायमै , यस्तो छ मत अन्तर


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ २ २०७९
7.2K
SHARES

२ जेठ चितवन । निको चासोका साथ हेरिएको भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनको उम्मेदवार रेणु दाहाल ६१ मतले पछाडि परेकी छन् । नेकपा (एमाले)का विजय सुवेदी भन्दा ६१ मतले रेणु पछाडि परेकी हुन् ।

ताजा मत परिणाम अनुसार १२८६२ मत गणना गर्दा विजय सुवेदीले ४४०० मत प्राप्त गरेका छन्, भने रेणु दाहालले ४३३९ प्राप्त गरेकी छन् । त्यस्तै नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १९०० मत प्राप्त गरेका छन् ।

यसैबीच भरतपुरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५१०३ मत र राप्रपाकी हिमला गुरुङले ३४८३ मत प्राप्त गरेकी छन् ।