कतै सफल कतै असफल – महामन्त्री शर्मा


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ ५ २०७९
6.7K
SHARES

५ जेठ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावी तालमेल कतै सफल कतै असफल भएको बताएका छन् ।  शर्माले गठबन्धनले कतै उत्साह ल्याए पनि कतै खास काम गरेको नदेखिएको बताए ।

“गठबन्धनलाई मिश्रित रूपमा विश्लेषण गर्नुपर्छ । सफल भनेर पूरै पनि भन्नु भएन, असफल भयो भनेर भन्न त बिल्कुलै मिलेन,” महामन्त्री शर्माले भने, “विराटनगर र ललितपुर हेर्दा गठबन्धन सफल देखिँदैन । तर, भरतपुरमा सफल देखिएको छ । पोखरामा सफल देखिएको छ ।”

उनले कांग्रेसले कतै गठबन्धन गरेर जिते पनि धेरै ठाउँ आफैँ जितेको जिकिर गरे । “३० वर्षपछि इलाम नगरपालिका कांग्रेसले एक्लै नौवटा वडासहित जित्यो । कास्कीको माछापुछ्रेमा एक्लै जित्यो । काठमाडौंको कीर्तिपुरमा एक्लै जित्यो,” उनले भने, “कांग्रेसले ६३४ स्थानीय तहमा लडेको छ । तालमेल गरेको ठाउँ कम र नगरेको ठाउँ बढी छ ।”

उनले झापाको भद्रपुरमा अघिल्लोपटक हारेको ठाउँ तालमेल गरेर योपटक जितेको बताए । यस्तै, अघिल्लोपटक जितेको झापाकै बाह्रदशी गाउँपालिका तालमेल गरेर पनि योपटक हारेको उनको भनाइ छ ।