६ सय १७ पालिकाको मत परिणाम सार्वजनिक : कुन पार्टी कति पालिकामा विजयी ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ६ २०७९
5.1K
SHARES

६ जेठ काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म ६ सय १७ गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मत परिणाममा नेपाली कांग्रेसले २ सय ७३ वटा स्थानीय तहमा विजयी भएको छ। नेकपा एमालेले १ सय ७१ वटा गाउँपालिकामा विजयी हासिल गरेको छ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले १ सय ११ पालिकामा विजयी हुँदा जनता समाजवादी पार्टी (जसपा) ले १८ स्थानीय तहमा विजयी हासिल गरेको छ। नेकपा एकीकृत समाजवादी १४ वटा पालिकामा विजयी भएको छ।

साथै लोकतान्त्रिक समाजवादी पार्टी ७ ठाउँमा विजयी भएको छ। २३ गाउँपालिकामा अरु साना दल तथा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। हाल मतगणना जारी रहेका ठाउँहरुमध्ये नेपाली कांग्रेस ५२ ठाउँमा अगाडि छ। नेकपा एमाले २५ ठाउँमा अगाडि रहेको छ।

त्यस्तै, माओवादी केन्द्र १०, जसपा १७, एकीकृत समाजवादी र लोसपाले ५–५ ठाउँमा अग्रता लिएका छन्। एक महानगरपालिका र ३ उपमहानगरपालिकासहित ११ ठाउँमा स्वतन्त्र उम्मेदवार तथा साना दल अगाडि रहेका छन्।