६३८ स्थानीय तहको मत परिणाम : कांग्रेस एमालेभन्दा १०५ स्थान अगाडि


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ६ २०७९
7.8K
SHARES

६ जेठ काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत ७४६ स्थानीय तहमा मतगणना भएकोमा ९० प्रतिशत बढी परिणाम सार्वजनिक भएको छ । जसअनुसार कांग्रेसले २८३ स्थानीय तह जितेको छ ।

एमालेले कांग्रेसभन्दा १०५ स्थानीय तह कम जितेको छ । एमालेले जितेका पालिकाको संख्या अहिलेसम्म १७८ पुगेको छ । यस्तै माओवादी केन्द्रले अहिलेसम्म १११ स्थानीय तह जितेको छ जुन एमालेको भन्दा ६७ कम हो ।

यस्तै, जनता समाजवादी पार्टी २० स्थानीय तह जितेर चौथो स्थानमा छ भने १४ स्थानीय तह जितेर नेकपा एकीकृत समाजवादी पाँचौं स्थानमा छ । लोकतान्त्रिक समाजवादी पार्टी भने ७ स्थानीय तह जितेर छैटौं भएको छ ।