१०० मत गन्दा केशव स्थापितलाई १ मत


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ६ २०७९
7.2K
SHARES

६ जेठ काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर ८ मा सय मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले मात्रै १ मत पाएका छन्।

जयवागेश्वरी क्षेत्रको सय मत गणना गर्दा स्थापितले एक मत पाएका हुन्।  गणना गरिएका मतमध्ये नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४७ मत ल्याएकी छन्।  मतगणनाको सुरुवातबाटै अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले २२ मत पाएका छन्।

वडा नम्बर ८ मा गणना भएका सय मतमध्ये कांग्रेसका वडाध्यक्षका उम्मेदवारले ६८ मत पाएका छन्। एमालेका उम्मेदवारले कुनै मत पाएका छैनन्।