भरतपुरमा रेणु दाहाल विजयी


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ ९ २०७९
8.3K
SHARES

९ जेठ काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी नेतृ तथा गठबन्धनतर्फकी उमेदवार रेणु दाहाल विजयी भएकी छन् ।

मतगणनाका लागि बाँकी रहेको मतभन्दा उनको प्रतिद्वन्द्वीसँगको मतान्तर बढी रहेको छ ।पछिल्लो विवरणअनुसार भरतपुरमा कुल खसेको मत एकलाख २७ हजार ८३९मध्ये एक लाख १६ हजार ६६६ मत गणना भइसकेको छ ।

त्यसमध्ये दाहालले ४७ हजार ४० मत प्राप्त गरेकी छन् भने विजयी सुवेदीले ३५ हजार ५८३ मत प्राप्त गरेका छन् । ११ हजार ४५७ मतको अग्रता रहेको छ ।

त्यस्तै स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १४ हजार २६३ मत प्राप्त गरेका छन् । अब गणना हुन बाँकी मत भनेको ११ हजार १७३मात्रै रहेको छ ।

समाचार तयार पार्दासम्म उक्त मत गणना कार्य जारी छ । त्यसैगरी उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४७ हजार ९५८ मत प्राप्त गरेका छन् । उनी प्रतिद्वन्द्वी हिमला गुरुङभन्दा २० हजार ३६ मतले अघि छन् । अर्थात् गुरुङले २७ हजार ९२२ मत प्राप्त गरेकी छन् ।