यी नौ पालिकाको मत परिणाम घोषणा हुन बाँकी
११ जेठ काठमाडौ । गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणनाकार्यअन्तर्गत अब विभिन्न नौ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ ।
निर्वाचन आयोगको सूचना प्रणालीमा आज १०ः३० बजेसम्ममा प्रविष्ट भएको विवरणानुसार ७५३ मध्ये ७४४ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । कतिपय पालिकाको मतगणनाकार्य सम्पन्न भए पनि घोषणा भई आयोगको प्रणालीमा प्रविष्ट हुन बाँकी रहेको छ ।
अन्तिम परिणाम आउन बाँकी पालिकामा वाग्मती प्रदेशमा काठमाडौं महानगरपालिका, प्रदेश नम्बर–१ मा उदयपुरको त्रियुगा र कटारी नगरपालिका, मधेस प्रदेशमा रौतहटको गढीमाई नगरपालिका, गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगन्ज नगरपालिका छन् ।
सुदूरपश्चिममा बाजुराको बूढीगंगा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानबिनका आधारमा निर्णय आउन बाँकी रहेको छ । रासस