एकीकृत समाजवादीले जारी गर्‍यो यस्तो सर्कुलर


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ ११ २०७९
5.3K
SHARES

११ जेठ काठमाडौं। नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आ-आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ। बुधबार पार्टी महासचिव बेदुराम भुसालले जारी गरेको सर्कुलरमा जनप्रतिनिधिहरूलाई जेठ १७ गतेसम्म सम्पत्ति विवरण सार्वजनिक गर्न भनिएको छ।

निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारबाट मुक्त रहँदै स्वच्छ एवं सादा जीवनशैली र असल आचरणको अवलम्बन गर्न, सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो। यस्तै, पार्टी कमिटीको निर्णय र निर्देशनको पालना गर्न आग्रह गरेको छ। सर्कुलरमा जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न र पार्टी कमिटीको निर्णय र निर्देशनको पालना गर्न आग्रह गरिको छ।

निर्वाचनको बेला जनसमक्ष गरेको वाचालाई कहिल्यै नभुल्न पनि भनिएको छ। ‘ऐन तथा कानुनहरूको परिधिमा रहेर इमान्दारीता र कर्तव्य निष्ठाताका साथ जनताको सेवा गर्नुहोला। निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारबाट मुक्त रहँदै स्वच्छ एवं सादा जीवन शैली र असल आचरणको अवलम्बन गर्नुहोला,’ उनले भने।