माओवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ ११ २०७९
8.7K
SHARES

११ जेठ काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई एकै ठाउँ राखेर प्रशिक्षण दिने भएको छ । बुधबार बसेको सो पार्टीको केन्द्रीय कार्यालयको बैठकले आगामी जेठ १८ र १९ गते स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको हो ।

उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित विशेषज्ञले प्रशिक्षण दिने माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । नेकपा माओवादीले स्थानीय तह निर्वाचनमा ७५३ स्थानीय तहमध्ये १२१ स्थानीय तहमा जित हासिल गरेको छ ।