मन्त्रिपरिषद्बाट बजेट पारित
Capital Headline
प्रकाशित मिति :
आइतबार, जेष्ठ १५ २०७९
8.7K
SHARES
१५ जेठ काठमाडौं । । सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट पारित गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेको कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले बाह्रखरीलाई जानकारी दिए ।
आज संसद्को दुवै सदनका संयुक्त बैठकमा बजेट प्रस्तुत गरिँदै छ । अपराह्न ४ बजे बस्ने संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्नेछन् । बैठकले अर्थमन्त्री शर्मालाई बजेट प्रस्तुत गर्न स्वीकृति प्रदान गरेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट