‘मंकीपक्स’को आशंका गरिएका बिरामी टेकु अस्पताल भर्ना
२ असार काठमाडौं। नेपालमा पनि एक युवकलाई मंकीपक्स भाइरसको संक्रमण भएको आशंका गरिएको छ। रसुवा जिल्ला घर भएका करिब ३० वर्षीय एक पुरुषमा मंकिपक्स भाइरस देखिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए।
दुबईबाट नेपाल आएका ती पुरुषमा मंकिपक्सको लक्षण देखिएको र हाल टेकुस्थित अस्पतालमा भर्ना भएर उपचार जारी रहेको अस्पताल गौतमले बताए। सूचना अधिकारी गौतमले बिरामीमा अहिलेको देखिएको लक्षण र अवस्था हेर्दा मंकिपक्सकै शंका गरेको र थप परीक्षणपछि अझै प्रष्ट हुने बताए।
दुबईबाट आएका २७ वर्षीय ती युवामा लगातार चार डिग्रीसम्म ज्वरो आएको थियो भने शरीर र हातमा राता फोका देखिएको थियो। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ।