‘के छ खबर’ मा ह्यारी र सुविध्या


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार १० २०७९
10.9K
SHARES

१० असार काठमाडौं । ह्यारी योञ्जन र सुबिध्या खनालको अभिनय रहेको म्युजिक भिडियो ‘के छ खबर’ सार्वजनिक भएको छ । भिडियोमा दुबैको रोमान्टिक अवतार देख्न सकिन्छ ।

गंगा विष्टको स्वर रहेको गीतमा शब्द तथा संगीत वसन्त सापकोटाको छ । गीतको संगीत संयोजन विसम आचार्यले गरेका हुन् । भिडियोमा मनोज राईको छायाङ्कन र सम्पादन रहेको भिडियो दुर्गा बान्तवा राईले निर्देशन गरेका हुन् ।