जापानका पूर्वप्रधानमन्त्री आबेलाई गोली हानियो


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २४ २०७९
4.3K
SHARES

२४ असार काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हानिएको छ । जापानको सार्वजनिक प्रसारक एनएचकेको रिपोर्टअनुसार नारा सहरमा एक कार्यक्रममा भाषण गरिरहेका बेला उनलाई गोली हानिएको हो।

घटनास्थलमा एनएचके रिपोर्टरले गोली चलेको सुनेको र शिन्जो आबे रगतले लतपतिएको देखेको जनाएको छ । आबेलाई अस्पताल भर्ना गरिएको छ। उनको अवस्था बारे केहि बताइएको छैन। गोली हान्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।