राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको अध्यक्षमा गुणराज खनाल
२५ असार काठमाडौ । राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको तेस्रो ऐतिहासिक अधिवेशन आज सम्पन्न भएको छ । काठमाडौमा भएको कार्यक्रमले आगामि कार्यसमिति समेत चयन गरेको छ । विगत लामो सयमदेखि यस क्षेत्रमा हरेका र निवर्तमान महासचिव गुणराज खनाल सर्वसम्मत अध्यक्षमा चयन भएका छन । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि भीमसेनदास प्रधानले यस संघलाई आगामी दिनमा प्रतिष्ठान गठन गर्नमा आफ्नो पूर्ण रूपमा सहयोग रहने बताएका छन । उनले भन्ने आगामी दिनहरूमा तपाईहरूसंग हातेमाले गर्दै अघि बढ्ने कुरा समेत बताए ।
यस्तै कार्यक्रमका सभापति रिम बहादुर खत्रीले संघलाई यहांसम्म ल्याउनमा सहयोग गर्नुभएकोमा सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुका साथै आफ्नो कार्यकालमा आफूले विभिन्न उचार चडावहरू र कोरानाको मारबीच पनि कार्य सम्पादन गर्दै यहासम्म आएर कार्यगरेको कुरा उल्लेख गर्दै आगामी कार्य समितिलाई पनि अभिभावकको भूमिका निर्वाह गर्दै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।त्यस्तै उपाध्यक्ष दिप सागर थापा ,महासचिब भिम श्रेष्ठ ,सचिब शिब पौडेल , कोषाध्यक्ष नबराज पाण्डे , सह कोषाध्यक्ष शन्कर अधिकारी ,सदस्य दिलु सलामि मगर ,शुनिल लामिछाने , राम भण्डारी निर्वाचित भएका छन ।
अध्यक्षमा चयन पश्चात हामीसॅंग छोटो कुराकानी गर्दै खनालले रातत्रीकालीन व्यवसायी प्रति मनिसहरूको गलत नजरलाई पूर्ण रूपमा परिर्वतन गर्ने र पारिवारीका वातावरणमा दोहोरी साझ आउन मिल्ले अवस्थाको सिर्जना गर्ने बताएका छन ।