७१० जना कोरोनाका संक्रमित, दुईजनाको मृत्यु
Capital Headline
प्रकाशित मिति :
बिहिबार, साउन १२ २०७९
2.1K
SHARES
१२ साउन काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोनाको संक्रमण देखिएको छ भने दुईजनाको मृत्यु भएको छ । ५ हजार २५ जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिबाट ५२४ र एन्टिजेन विधिबाट १८६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यससँगै सक्रिय संक्रमितको संख्या ४,२३६ पुगेको छ । यस्तै २१५ जना डिस्चार्जसमेत भएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट