यी हुन् कोरोना संक्रमितको निःशुल्क उपचार हुने १७ अस्पताल


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन १६ २०७९
4K
SHARES

१६ साउन काठमाडौं । सरकारले सातै प्रदेशमा कोभिड–१९ संक्रमितको निःशुल्क उपचार गर्न अस्पताल तोकेको छ । गम्भीर तथा मध्यम अवस्थाका कोभिड संक्रमितको निःशुल्क उपचार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १७ वटा अस्पताल तोकेको हो । संक्रमितको उपचार गराएबापत् ती अस्पताललाई अनुदान दिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

यी हुन् पद्रेशअनुसार तोकिएका कोभिड अस्पतालहरू 
प्रदेश १ 
कोशी अस्पताल, बिराटनगर
बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान

मधेस प्रदेश
जनकपुर प्रादेशिक अस्पताल, जनकपुर
नारायणी अस्पताल, वीरगञ्ज

वाग्मती प्रदेश

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु
भरतपुर अस्पताल, चितवन
वीर अस्पताल, महाबौद्ध
पाटन अस्पताल, लगनखेल
टिचिङ अस्पताल महाराजगञ्ज

गण्डकी प्रदेश
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा
धौलागिरि अस्पताल, बाग्लुङ

लुम्बिनी प्रदेश
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल
भेरी अस्पताल, नेपालगञ्ज

कर्णाली प्रदेश
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
सुर्खेत प्रादेशिक अस्पताल, वीरेन्द्रनगर

सुदूरपश्चिम प्रदेश
डडेलधुरा अस्पताल, डडेलधुरा
सेती प्रादेशिक अस्पताल, कैलाली