एकैदिन थपिए ८९५ कोरोना संक्रमित, एकजनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन १६ २०७९
3.2K
SHARES

१६ साउन काठमाडौ । पछिल्लो २४ घण्टामा थप ८९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पाँच हजार ९०९ वटा नमुना परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो । आज संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९६८ पुगेको छ ।

आज २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या चार हजार ९४३ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।