इराकी प्रधानमन्त्रीद्वारा वार्ताका लागि आह्वान


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन १७ २०७९
2K
SHARES

१७ साउन काठमाडौं । इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीले वार्ताका लागि आन्दोलनरत पक्षहरुलाई आह्वान गरेका छन्। हाल इराकमा देखिएको राजनीतिक गतिरोधको अन्त्यका लागि सबै पक्षलाई वार्तामा बोलाउँदै उनले राष्ट्रिय रुपमा सबै पक्ष वार्तामा बसेर नै अहिलेको राजनीतिक सङ्कटको समाधान गर्न सकिने बताएका हुन् ।

उनको कार्यालयले सोमबार प्रकाशन गरेको एक विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ । उक्त विज्ञप्तिमा आन्दोलनमा रहेका सबै पक्षलाई राष्ट्रिय वार्तामा आउन आग्रह गरिएको छ र वार्ताकै माध्यमबाट सबै समस्याको हल गर्न सकिन्न भनिएको छ । मोहमद सिया अल सुडानीलाई प्रधानमन्त्री नियुक्त  गरिएको विरोधमा त्यहाँको एक मुस्लिम समुदायले आन्दोलन गरिरहेको छ । सो समुदायले कहिले संसद भवनभित्रै छिरेर प्रदर्शन गर्ने त कहिले सडकमा हिंसात्मक प्रदर्शनहरु गर्ने गरेको छ । सो समूहले शनिबारदेखि संसदमा नै अनसन सुरु गरेको छ । जुलाई २५ मा उहाँलाई प्रधानमन्त्री नियुक्त गरेपछि त्यसको विरोधमा यो आन्दोलन सुरु गरिएको हो ।