काठमाडौं र नुवाकोटमा मात्रै हैजा संक्रमितको संख्या ४२ पुग्यो
२३ साउन काठमाडौं । असार ५ गतेदेखि काठमाडौंमा फैलिएको हैजा संक्रमण साउन २२ सम्म आइपुग्दा ४२ जनामा देखिएको छ । काठमाडौं महानगरपालिकामा आइतबार थप तीनजनामा हैजा पुष्टि भएसँगै सो संख्या ४२ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार उपत्यकाका ११ पालिकासहित नुवाकोटको ककनीमा समेत हैजा संक्रमित देखिएका छन् । महाशाखाका अनुसार काठमाडौं महनागरपालिकामा सबैभन्दा धेरै १९ जनामा हैजा संक्रमण पुष्टि भएको छ । काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिकामा ९, गोकर्णेश्वरमा २, चन्द्रागिरीमा २ तथा नागार्जुन, बूढानीलकण्ठ र कीर्तिपुर नगरपालिकामा एक/एक जनामा हैजा संक्रमण देखिएको हो ।
नुवाकोटको ककनी गाउँपालिकामा पनि एकजनामा हैजा संक्रमण पुष्टि भएको महाशाखाको तथ्यांक छ । हालसम्म परीक्षण गरिएकामा धारा, ट्युवबेल, जारलगायत सबै स्रोतका पानीमा हैजा फैलाउनसक्ने जिवाणु भेटिएकाले पानी उमालेर मात्रै पिउन महाशाखाले अनुरोध गरेको छ ।