कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलनमा
१५ भदौ काठमाडौं । २४ बुँदे माग राख्दै कान्ति बाल अस्पताल विकास समिति अन्तर्गतका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरुले अस्पताल विकास समिति तत्काल गठन हुनुपर्ने, अस्पतालका कार्यकारी निर्देशक र लेखा अधिकृतलाई तत्काल हटाउनुपर्ने लगायतका माग राखेका छन् । ‘मागको सुनुवाइ हुने छाँट नदेखेपछि आन्दोलनमा उत्रिनुपरेको हो । जबसम्म हाम्रो माग पूरा हुँदैन हामी पछि हट्दनौं,’ आन्दोलनरत कर्मचारीमध्ये एक शिव प्याकुरेलले बताए ।
उनीहरुले बुधबारदेखि विरोधस्वरुप कालोपट्टी लगाएर काम गरिरहेका छन् र माग पूरा गर्न अस्पताल नेतृत्वलाई एक साताको समयसीमा दिएका छन् ।
आन्दोलनरत कर्मचारीहरुले आफ्ना मागका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री सचिवहरुलाई भेटेर जानकारी समेत गराइसकेका छन् ।