चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का सर्वसम्मत


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र १६ २०७९
3.2K
SHARES

१६ भदौ काठमाडौं। चलचित्र निर्माता संघमा अध्यक्षलगायत पदाधिकारी सर्वसम्मत निर्वाचित हुने भएका छन्। अध्यक्षमा नवल खड्काको मात्रै उमेदवारी परेपछि उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित हुने भएका हुन्।

महासचिवमा सुनील कुमार थापाको मात्रै उमेदवारी परेपछि उनी पनि सर्वसम्मत निर्वाचित भए। उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल सर्वसम्मत हुने भएका छन्। सचिवमा किसान पोखरेल, कोषाध्यक्षमा ज्योतिराज राई सर्वसम्मत भएका छन्। सदस्यहरूमा ज्ञानेन्द्र देउजा, रामबाबु गुरुङ, माओत्से गुरुङ, खगेन्द्र लामिछाने, दिनेश पाख्रिन, शेखर लामालगायत रहेका छन्।

बुधबार भएको मनोनयनमा आवश्यक पदमा आवश्यक संख्याधन्दा धेरैको उमेदवारी नपरेपछि सर्वसम्मत नयाँ कार्यसमिति आउने भएको हो। “यसलाई १८ गते बस्ने संघको साधारणसभाले अनुमोदन गरेपछि औपचारिक रुपमा नयाँ कार्यसमिति घोषणा हुनेछ,” सर्वसम्मत अध्यक्षमा चयन भएका नवलले भने।