सांसद बिष्टले गरे कोभिड र डेंगीको नाता प्रमाणित !


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र २९ २०७९
3.9K
SHARES

२९ भदौ काठमाडौं । नेपाली कांग्रेसका सांसद रामबहादुर बिष्टले कोभिड–१९ र डेंगीलाई सहोदर दाजुभाइको संज्ञा दिएका छन् ।  बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले दुई भाइ मिलेर जनताको ज्यान लिइरहेको बताए ।  “दुई भाइ मिलेर नेपाली जनताको ज्यान लिइरहेका छन् । योभन्दा ठूलो अन्याय के हुन सक्छ ? दुईटै भाइको एउटै उदेश्य छ, काम पनि एउटै छ,” उनले भने, “निरन्तर रुपमा अघि बढिराखेका छन् । सभामुख महोदय, हामी मुखदर्शक बनेर बसिरहेका छौँ ।”

विष्टले कुन जेठो कुन कान्छो नछुट्टिएको समेत बताए ।  “एउटा भाइ पर्यो कोभिड–१९, अर्को भाइ पर्यो डेंगु । अब यो कुन जेठो, कुन कान्छो छुट्टिएको छैन । यी सहोदर भाइ भन्ने छ बाहिर आएको कुरा,” उनले भने, “कोभिडबाट भर्खरै पार भयो कि भनेर सोच्दै गर्दा कहाँबाट डेंगु भाइ आइपुग्यो र हमला गरिरहेको छ ।” उनले जटिल अवस्थामा सरकार के हेरिहेको छ ? भन्दै प्रश्न पनि गरे ।