सन्दीप प्रकरणबारे यस्तो भन्छिन् ज्योति मगर
२ असोज काठमाडौ । गायिका ज्योति मगरले आ’रोप पुष्टि नभएसम्म बला’त्कारको ट्याग लगाउन नहुने बताएकी छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई बला’त्कारको आरोप लागेपछि उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राखेकी हुन् ।
उनले लेखेकी छन्, ‘दो’षी ठ’हर होलान् या नहोलान्, अहिले नै उनलाई बला’त्कारको ट्याग नलगाउने कि’, उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।उनले अगाडि लेखेकी छन्, ‘नगरकोट घुम्न जानु, होटलसँगै जानु, ५ गते घटना हुनु र २१–२२ मा मुद्दा दर्ता हुनु अलि गडबड त छ तर जे भए पनि अन्डर एजको बारेमा सजक नभएकै हो ।’ ‘केटाको उमेर जति नै ठूलो भए पनि सानै केटी रोज्नुपर्छ’ भन्ने पितृसत्तात्मक सोचका कारण पनि नाबालिग’माथि बला’त्कार हुने गरेको उनको टिप्पणी छ ।
सन्दीपविरुद्ध मंगलबार एक १७ वर्षीया नाबालिग किशोरीले बला’त्कार आ’रोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन् । अहिले सन्दीपविरुद्ध प’क्राउ पुर्जी जारी भइसकेको छ । उनलाई क्यानले पनि नेपाली टिमबाट निलम्बन गरेको छ ।