सत्यमोहन जोशीलाई आईसीयूमा सारियो


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज २७ २०७९
3.8K
SHARES

२७ असोज काठमाडौं । संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीलाई आज पुनः सघन उपचार कक्ष आईसीयूमा राखिएको छ ।  असोज ७ गते ललितपुरको किष्ट अस्पताल भर्ना भएका जोशीलाई बुधवार स्वास्थ्य अवस्था केही सुधार भएपछि आईसीयूबाट क्याविनमा राखिएको थियो । तर, आज अक्सिजन स्याचुरेसन कम भएपछि उनलाई पुनः आईसीयूमा राखिएको अस्पतालले जनाएको छ ।

जोशीलाई बुधबार ३ लिटर प्रतिमिनेट मात्रै अक्सिजन दिइएकोमा आज सो मात्रा बढाएर ३० लिटर दिनुपरेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जोशीई निमोनिया र मुटुको समस्या एट्रियल फ्रिबिलेसन देखिएकाले एन्टिबायोटिक दिइरहेको पनि अस्पतालले जनाएको छ ।  पछिल्लो समय डेंगी संक्रमण भएर अस्पताल भर्ना भएका उनको २० दिनदेखि किष्टमा उपचार जारी छ ।