सिभिल बैंक द्वारा पशुपति क्षेत्रमा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
२७ असोज काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत पशुपति क्षेत्रमा रोपिएका बिरुवाहरुको संरक्षणको लागि २०० वटा ट्री–गार्डहरु उपलब्ध गराएको छ। सिभिल बैंकका नायब प्रमुखकार्यकारी अधिकृत सचिनजङ्ग रायमाझीले उक्त ट्री–गार्डहरुको हस्तान्तरण पशुपति क्षेत्र विकास कोषकासदस्य सचिवडा.मिलनकुमार थापालाई गर्नुभएको थियो। सिभिल बैंकले पाशुपत क्षेत्रको हरियाली बढाउन गरिएको वृक्षारोपणको सुरक्षाको लागि पशुपति विकास कोषलाई प्रदानगरिएको ट्री–गार्डहरुको मूल्यकरिब रू ८ लाख रहेको छ ।
सिभिल बैंकले यस अघि पनिपशुपति क्षेत्रको पार्किंग क्षेत्रमा ३०० वटा ट्री–गार्डहरु सहितको बिरुवाहरु लगाई सो बिरुवाहरुलाई राम्ररी हुर्काउनपाँचवर्ष सम्मलाग्ने सम्पूर्ण खर्चहरु समेत बहनगर्दै आइरहेको छ।
उक्त कार्यक्रममा सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिनजङ्ग रायमाझी, चिफ डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोलाबहादुर विष्ट,संस्थागत निक्षेपका निर्मला कँडेल,पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवडा.मिलनकुमार थापा, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा लगायत पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुको उपस्थितिथियो ।
हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रबिन्दु पाशुपत क्षेत्रको सुन्दरता बढाउनका लागि सानै भएपनि टेवा पु¥याउनपाउँदाआफुलाई खुशी लागेको कुरा सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिनजङ्ग रायमाझीले वताएका छन् ।