सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार
३ कात्तिक काठमाडौं । पछिल्लो समय सुनको मूल्य लगातार घट्दै गएको छ । पछिल्लो एक सातामा सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँ घटेर कारोबार भएको छ ।
गत असोज २७ गते प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको सुन कात्तिक ३ गते आज प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत कारोबार दिन बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा १०० रुपैयाँ मात्र घटेको छ । बुधबार सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, हिजो बुधबारको तुलनामा चाँदीको मूल्य तोलामा आज पाँच रुपैयाँ घटेको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि एक सातामा २० रुपैयाँ घटेको महासंघले जनाएको छ । असोज २७ गते चाँदी प्रतितोला एक हजार १९० रुपैयाँमा करोबार भएको थियो भने आज प्रतितोला एक हजार १७० रुपैयाँमा करोबार भएको छ ।