राष्ट्रपति सी तेस्रो कार्यकालका लागि अनुमोदित हुँदै


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक ५ २०७९
2.5K
SHARES

५ कार्तिक बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टीले शनिबार सी चिनफिङको नेतृत्वमा रहेको ‘मूल स्थिति’लाई समर्थनसहित पारित गरेको छ ।

जारी चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनको समापनपछि उनी तेस्रो कार्यकालमा निर्वाचित हुने लगभग निश्चित छ ।

सबै पार्टी सदस्यहरू, पार्टी केन्द्रीय समिति र समग्र पार्टीपंक्तिले पार्टी महासचिव सी चिनफिङको राजनीतिक र पदीय स्थितिलाई समर्थन गर्ने तयारीमा छन् । योसँगै उनी राष्ट्रपतिको तेस्रो कार्यकालका लागि निर्वाचित हुँदै छन् । रासस/एएफपी