जनताको विश्वास आर्जन गर्छु – प्रधानमन्त्री ऋषि सुनक


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक ८ २०७९
5.4K
SHARES

८ कार्तिक काठमाडौं । ऋषि सुनक औपचारिक रूपमा बेलायतको प्रधानमन्त्री बनेका छन् ।

बेलायती राजा  चार्ल्सलाई बकिङ्घम दरबारमा भेटेसँगै उनी औपचारिक रूपमा प्रधानमन्त्री बनेका हुन् । सुनक दुई महिनाको अवधिमा बेलायतको तेस्रो प्रधानमन्त्री बनेका हुन् ।

४२ वर्षीय सुनक बेलायतको पहिलो बेलायती–एसियाली प्रधानमन्त्री हुन् ।

प्रधानमन्त्री भएपछिको पहिलो सम्बोधनमा उनले बेलायतले ‘गहिरो आर्थिक संकट’को सामना गरिरहेको बताएका छन् । “विश्वास आर्जन गर्नुपर्छ, र मैले तपाईंहरूकाे विश्वास आर्जन गर्नेछु,” नम्बर १० डाउनिङ स्ट्रिटबाहिर जनताहरूसँग भने ।

उनीमाथि बढ्दो आर्थिक संकट, द्वन्द्वरत राजनीतिक दल र गहिरो रूपमा विभाजित देशलाई सामना गर्ने चुनौती रहेकोरोयटर्सलेउल्लेख गरेको छ ।

पूर्ववर्ती लिज ट्रसका गल्तीहरू सच्याउन उनी टाेरी नेताकाे रूपमा चयन भएका हुन् । बिदाइ भाषणमा ट्रसले कर कटाैती गर्ने आफ्नाे कदमकाे बचाउ गर्ने प्रयास गरेकाे बीबीसीले जनाएकाे छ ।

सुनकले लेबर, स्कटिस नेसनल पार्टी, द लिबरल डेमाेक्र्याट र ग्रीन पार्टीकाे मागकाे बाबजुद ‘अर्ली इलेक्सन’लाई अस्वीकार गरेका छन् ।