आलियाले छोरी जन्माएपछि भनिन्, ‘हामी प्रेमले ओतप्रोत भएका छौँ’
Capital Headline
प्रकाशित मिति :
आइतबार, कार्तिक २० २०७९
2.8K
SHARES
२० कार्तिक काठमाडौं। बलिउड अभिनेत्री आलिया भट्ट तथा अभिनेता रणबीर कपुर छोरीका आमा–बुवा बनेका छन् । आलियाले आइतबार छोरी जन्माएकी हुन् । छोरी जन्मिएपछि आलियाले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा तीनवटा सिंहको तस्बिरसहितको पोस्ट सेयर गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘यो हाम्रो जीवनकै सबैभन्दा उत्कृष्ट समाचार हो । हाम्रो बच्चाको आगमन भएको छ । उनी जादुले भरिएकी छिन् । हामी आधिकारिक रुपमा मायाले ओतप्रोत भएका छौँ । भाग्यमानी आमा–बुवा ।’ उनको यो पोस्टमा धेरैले बधाई दिएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट