गायिका जेरी र गायक शंकरले गरे सम्बन्धबिच्छेद


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक २४ २०७९
3.7K
SHARES

२४ कार्तिक काठमाडौ । नेपाली लोक तथा दोहोरीका चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीको सम्बन्ध विच्छेद भएको छ ।

बिहीबार काठमाडौँ जिल्ला अदालत पुगेर जेरी र शंकरले औपचारिकरुपमा सम्बन्ध विच्छेद गरेका हुन् ।

सम्बन्ध विच्छेदका लागि शंकरले केही दिन अघि जिल्ला अदालतमा निवेदन दिएका थिए ।  जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो ।

उनीहरुको एक छोरी छिन् । उनको  लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति  गरिएको छ ।