सिभिलबैंकले देशैभरी विविध कार्यक्रमहरुको आयोजनागरीे आफ्नो बाह्रौं वार्षिकोत्सव मनायो
११ मंसिर काठमाडौं । नेपाल राष्ट्र बैंकको नगदरहित कारोवारलाई प्रोत्साहनगर्ने नितीअनुरुप यस बैंकले सफा टेम्पूहरुको भाडाक्यू आर कोड मार्फत भुक्तानी गर्ने कार्यको थालनी गरी ‘गो क्यासलेस’ अभियानलाई निरन्तरताप्रदान गरेको छ । जस मध्ये जावलाखेलको ‘गो क्यासलेस’ अभियानको समुद्घाटन समारोह बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको दिनमा र वार्षिकोत्सवको लगत्तै पछी नेपालगंज, धनगढी, महेन्द्रनगर, जानकी र भजनीमा गरी कूलछ स्थानहरुका ट्याम्पुहरुमा क्यू आर कोड मार्फत भाडा भुक्तानीको थालनी गरीने कुरा बैंकले जनाएको छ ।
जावलाखेलको ‘गो क्यासलेस’ अभियानको समुद्घाटन समारोहकाप्रमुखअतिथिनेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्तअभियानको उद्घाटन गर्नुभएको थियो । समुद्घाटन समारोहमाबोल्दै वहाँले नगदरहित अर्थतन्त्रआजको आवश्यकताभएको र यसले सिंगो राष्ट्रलाई समृद्घिको पथमा डोराउने कुरा भन्नुभयो ।
नोट छपाई गर्दा खर्च हुने तथाविदेशीने मुद्राबचाउन र सबै नेपालीको बैंक खाताभन्ने अभियानलाई समेत आत्मसातगर्न पनिनगदरहितअभियानअपरीहार्य कुरा भएको नेपाल राष्ट्र बैंक,भुक्तानी प्रणाली विभागकाकार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बताउनु भयो ।
उक्त समारोहमाप्रमुखअतिथिनेपाल राष्ट्र बंैककागभर्नर महाप्रसाद अधिकारी, भुक्तानी प्रणाली विभागकाकार्यकारी निर्देशकगुरु प्रसादपौडेल, सिभिल बैंककाअध्यक्षप्रतापजंग पाण्डे, संचालकहरु अम्बीर बोगटी, प्रकाशतायल, युगेश बहादुर मल्ल, शम्भू प्रसाद पन्त, प्रमुखकार्यकारी अधिकृत सुनिलकुमार पोखरेल,विभिन्नटेम्पू यातायातव्यवसायी संघका प्रतिनिधिहरु, फोन पे का प्रमुखकार्यकारी अधिकृत दिवस सापकोटा तथाटेम्पूव्यवसायीहरु तथा सर्वसाधरणको वाक्लो उपस्थितिथियो ।
अब उक्तक्षेत्रकासफा टेम्पोहरुमायात्रागर्नुहुने यात्रीहरुले आफ्नो मोबाईल बैकिङ्गएपअथवा स्मार्ट वालेट एपमार्फत बिनाकुनै झन्झट भुक्तानीगर्न सक्नेछन जस्ले गर्दा खुद्रा पैसाको झन्झटबाट पनिमुक्तीमिल्नेछ ।
२) जावलाखेलशाखामाप्रायोरीटि बैंकिग सेवाको उद्घाटन
बैंकको जावलाखेल शाखामाप्रायोरीटि बैंकिग सेवाको शुरु गरेको छ जसको उद्घाटन बैंकका संचालक समितिकाअध्यक्षप्रतापजङ्ग पाण्डेतथा बैंककानिक्षेपकर्ता धनञ्जयआचार्यले संयूक्त रुपमागर्नु भएको छ ।
३) याङ्वरक शाखामाएटिएम सेवाप्रारम्भ
बैंकले आफ्नो पाँचथर स्थित याङ्वरक शाखामाएटिएम सेवाप्रारम्भ गरेकोे छ जसको समुद्घाटन याङ्वरक गाउँपालिकाकाअध्यक्ष भिम बहादुर योङ्याले गर्नुभएको छ । याङ्वरक देशकै विकट दूर्गम स्थानमा पर्दछ जसमासिभिल बैंकले मात्रै उपस्थितिजनाएको छ साथै यस एटिएम उक्तगाउँपालिकाको पहिलो एटिएम हो । यस एटिएम सेवाले त्यस भेगका स्थानियलाई सेवाको अतिरिक्त आधुनिक बैंकिंग सेवाको वारेमापनिबुझ्न मद्दत गर्नेछ ।