ग्यास सिलिन्डर विस्फोटमा घाइते नेता भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन ४ २०७९
2.2K
SHARES

१ फागुन काठमाडौं । ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ ।

श्री एयरलाइन्सको विमानमार्फत उनलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित मुम्बई लगिएको हो ।

चिकित्सकले नेता भण्डारीलाई सुविधासम्पन्न अस्पतालमा उपचार गर्न सुझाव दिएपछि उनलाई भारतको मुम्बई लगिएको हो । अब भण्डारीको उपचार मुम्बईको नेशनल बर्न सेन्टरमा हुनेछ ।