पब्लिक युथमा गौरव सेढाईंको नेतृत्व , प्यानलको नै जीत सुनिश्चित


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन ३० २०७९
2.8K
SHARES

३० फागुन काठमाडौं । विगत १४ वर्ष अघि सम्पन्न स्ववियु निर्वाचनमा शानदार जित निकालेको अखिल (क्रान्तिकारी) पब्लिक युथ क्याम्पसको पल्ला यसपटक पनि भारी देखिएको छ भने आफ्नो प्यानलको जित सुनिश्चित भएको दावी सो प्यानलका सभापति उम्मेदवार गौरव सेढाईंले गरेका छन् ।

विगतका दिनमा अखिल (क्रान्तिकारी)ले विद्यार्थी हकहितको निम्ति लिएको पहल कदमी र अहिले अघि सारेको एजेण्डा आफ्नो जितको आधार रहेको सेढाईको दावी छ ।

यही २०७९ चैत ५ गते सम्पन्न हुन गइरहेको स्ववियु निर्वाचनमा पब्लिक युथ क्याम्पसमा अखिल (क्रान्तिकारी)को प्यानलबाट सभापतिमा गौरव सेढाई, सचिवमा अन्जन मग्राती, कोषाध्यक्षमा रोशन सुनार (कालिकोटे) र सदस्यहरुमा क्रमशः सुस्मिता पाण्डे, आशिष खनाल, सुस्मिता तामाङ, दर्शन गौतम, महेश श्रेष्ठ, किर्तन अधिकारी, आरती श्रेष्ठ र निराजन अधिकारी उम्मेदवार रहेका छन् ।

सभापति पदका उम्मेदवार सेढाई दावी गर्छन् – ‘बेरोजगार उत्पादन गर्ने शिक्षा प्रणालीको अन्त्य गरी रोजगारमूलक शिक्षा र त्रिविमा विद्यामान अनेकौं विकृति र विसंगतिलाई सुधार गर्ने, स्ववियुलाई युवा संसद्का रूपमा विकास गर्ने, शैक्षिक गुणस्तर सुधार, त्रिविको शैक्षिक क्यालेण्डर सुधार गर्ने, त्रिविका पदाधिकारी नियुक्ति खुला प्रतिस्पर्धा बाट गर्ने, पाठ्यक्रमलाई समयानुकुल परिमार्जन जस्ता कार्य सम्पन्न गर्ने हैसियत अखिल (क्रान्तिकारी)सँग मात्र छ ।’

सोही प्यानलबाट सचिव पदका उम्मेदवार अन्जन मग्राती शिक्षासँगै उद्यमशीलता र शैक्षिक प्रमाणपत्रसँगै रोजगार अभियान सञ्चालन गर्ने, शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै यस क्षेत्रमा भएको निजी लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने, वैज्ञानिक, व्यवहारिक, प्राविधिक र अनुसन्धानात्मक शिक्षामा जोड, उच्च शिक्षामा सबैको पहुँच पु¥याउने तथा शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउँदै क्रमशः निःशुल्क बनाउने संकल्पका साथ स्ववियु निर्वाचनमा होमिएकोले आफ्नो प्यानलले सहज जित निकाल्ने दावी गर्दछन् ।

‘त्रिविका पदाधिकारी भागबन्डाबाट नभई खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने, शैक्षिक क्यालेण्डर समयमैत्री हुनुपर्ने, त्रिविबाट उत्पादित जनशक्ति र बजारबीच सम्बन्ध स्थापित गर्ने जस्ता दायित्व निर्वाह गर्ने क्षमता र शक्ति अखिल (क्रान्तिकारी)ले मात्र राख्दछ’ कोषाध्यक्ष पदका उम्मेदवार रोशन सुनार (कालिकोटे) दावी गर्छन् – ‘भौतिक र डिजिटल पूर्वाधार सम्पन्न आधुनिक पाठ्यक्रम अध्ययन÷अध्यापन गर्ने व्यवस्था लगातका एजेण्डाहरू हाम्रो हो । जुझारु विद्यार्थी साथीहरुले यो कुराको मनन् राम्रोसँग गर्नुभएको छ । त्यसैले हाम्रो जित सुनिश्चित छ ।’