यस कारण आइतबार सार्वजनिक बिदा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र १० २०७९
3K
SHARES

१० चैत काठमाडौं । कर्णाली प्रदेश सरकारले आइतबार जुम्लामा सार्वजनिक बिदा दिएको छ ।

राष्ट्रिय धान दिवस मनाइने भएकाले जुम्लामा आइतबार सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए ।

उनकाअनुसार १२ चैत आइतबार जुम्लामा राष्ट्रिय धान दिवस मनाइने भएकाले जिल्लाका सबै सरकारी तथा सार्वजनिक संघ संस्थामा सार्वजनिक बिदा दिइएको हो ।