भोली सार्वजनिक बिदा


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र १४ २०७९
5.9K
SHARES

१४ चैत काठमाडौं । गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा भोली (बुधबार) चैत १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ।

सो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ। प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिइन्।

हेरक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दसैँ मनाउने गरिन्छ।चैत्रष्टमीका बेला यहाँका शक्ति पीठ एवं देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ।
देशभरका हिन्दु धर्मावलम्बीहरूले विभिन्न शक्ति पिठमा गएर चैते दशै मनाउने गरिन्छ।