अर्थमन्त्री र गभर्नरबीच छलफल
Capital Headline
प्रकाशित मिति :
मंगलबार, चैत्र २१ २०७९
5.2K
SHARES
२१ चैत काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी छलफलमा जुटेका छन् । मंगलबार मन्त्रालयमा अर्थमन्त्री डा. महत र गभर्नरबीच समसामयिक विषयमा छलफल भइरहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
सोमबार अर्थमन्त्रीले उद्योगी, व्यवसायीसँग छलफल गरेका थिए । व्यवसायी तथा सेयर लगानीकर्ताले नेपाल राष्ट्र बैंकका कारण पनि अहिलेको अवस्था सिर्जना भएको अर्थमन्त्रीलाई बताएका थिए । सोही विषयमा केन्द्रित भई अहिले उनीहरूबीच छलफल भइरहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट