यस कारण पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २२ २०७९
2.3K
SHARES

२२ चैत काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको बीबीसीले जनाएको छ । उनलाई अहिले प्रहरी हिरासतमा राखिएको छ ।

गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै ट्रम्पले अवैध तरिकाले पैसा दिएको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात लगेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएकोलगायत ट्रम्पमाथि आरोप रहेका छन् ।