५० लाखसम्मको कर्जामा अग्रिम भुक्तानी गरे शुल्क लिन नपाइने


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र २८ २०७९
1.8K
SHARES

२८ चैत काठमाडौ । बैंक तथा वित्तीय संस्थाले ५० लाख रुपैयाँसम्मको कुनै पनि कर्जामा अग्रिम भुक्तानी आएमा शुल्क लिन नपाउने भएको छ। यस्ता कर्जा अग्रिम भुक्तानीमा बैंक तथा वित्तीय संस्थाले कुनै शुल्क लिएमा वा लिने जानकारी दिएमा गुनासो दर्ता गर्न नेपाल राष्ट्र बैंकअन्तर्गत वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले आग्रह गरेको छ।

सुरूमा बैंककै गुनासो शाखामा गुनासो राख्न र सुनुवाइ नभएमा नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गराउनसमेत नेपाल राष्ट्र बैंकले आग्रह गरेको हो।