हत्तै बढ्यो कोरोना , उपत्यकामा १२ जना आईसीयूमा


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र ३० २०७९
2.1K
SHARES

३० चैत काठमाडौं । पछिल्लाे २४ घण्टामा १०६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । एक हजार ४८८ जनाकाे नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४३५ पुगेको छ ।  पछिल्लाे २४ घण्टामा ७४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २७ जना आइसोलेसन, १२ जना सघन उपचार कक्ष (आईसीयू) मा र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।