स्व. सत्यमोहन जोशीकी पत्नी राधादेवीको एकसय वर्षको उमेरमा निधन


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख २ २०८०
2K
SHARES

२ वैशाख काठमाडौ । शताब्दी पुरुष संस्कृतिविद् स्वर्गीय सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको निधन भएको छ ।उनको सय वर्षको उमेरमा शनिबार बिहान ग्वार्कोस्थित किष्ट अस्पतालमा उनको निधन भएको हो ।

मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएकी राधादेवीलाई बिहीबार किष्ट अस्पतालमा भर्ना गरिएको थियो ।

शनिबार उनको उपचारकै क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । श्रीमान सत्यमोहनको एकसय चार वर्षको उमेरमा निधन भएको थियो ।