बालुवाटारमा गोली चलाउने प्रहरी पक्राउ


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख २ २०८०
2.9K
SHARES

२ वैशाख काठमाडौं । काठमाडौंको गैरीधारामा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमाली पुन बस्ने घरमा गाेली चलेकाे छ ।पुनको घरमा बसेको भीआईपी सुरक्षामा खटिएका प्रहरीका पीएसओले  शुक्रबार राति साढे ९ बजे गोली चलाउँदा पुनको आमा घाइते भएकी हुन्।

उनलाई खुट्टामा गोली लागेको थियो । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।गोली चलाउने पीएसओलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताए । पुनकाे  घरमा   प्रहरीकाे  भीआईपी सुरक्षाकाे टाेली खटिएकाे थियाे ।   पुनकाे आमालाई गाेली चलाउने  प्रहरी हवल्दार पुनकाे आफन्त रहेकाे स्राेतले बतायाे ।