भूगोल इनर्जिको आईपिओ बाँडफाँड : भाग्यशाली ३ जनाले पाए ११ कित्ता शेयर


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख ३ २०८०
1.8K
SHARES

३ वैशाख  काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ आज आइतबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आज आइतबार दिउँसो शेयर बाँडफाँडगरेको हो ।

क्यापिटलका अनुसार आईपिओमा कुल १२ लाख ५४ हजार ६ वटा आवेदन परेको थियो । ति मध्ये ११ लाख ५३ हजार ५ सय ८३ जनाको आवेदन मात्र भेरिफाई भएको क्यापिटलले जनाएको छ । जस मध्ये पनि योग्य आवेदकको संख्या ११ लाख ४९ हजार १ सय ५१ रहेको क्यापिटलले जनाएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट १ लाख ३४ हजार ६ सय ९९ जनाले शेयर पाएका छन् । यी मध्ये ३ जनाले ११ कित्ताको दरले शेयर पाएका छन् भने १ लाख ३४ हजार ९६ जनाले १० कित्ताको दरले शेयर पाएका छन्।

कम्पनीले चैत्र २३ गतेदेखि चैत्र २७ गतेसम्म आईपिओ बिक्री गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १३ लाख ४६ हजार ९ सय ९३ कित्ता शेयर निष्काशन गरेको हो । त्यस्तै ७१ हजार ९ सय १६ किता सामुहिक लगानी कोषहरुलाई छुट्याईएको थियो। कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई शेयर निष्काशन गरि बाँडफाँड गरि सकेको छ ।