विमान अहिले नर्मल छ, दुबईतिरै फर्कियो – एयरपोर्ट


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख ११ २०८०
2.9K
SHARES

११ वैशाख काठमाडौ । काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको विमानमा समस्या भएपछि कामाठाडौंतर्फ फर्किएको विमान फेरि दुबईतर्फ फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

फ्लाइट नम्बर एफजेट ५७६ सो विमानमा सुरुमा इन्जिनमा समस्या आएको बताएपछि काठमाडौंं डाइभर्ट गरिएको र अहिले दुबईतर्फ फर्किको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले  जानकारी दिए ।

उनले केही समयमै विमानले नेपालको एयरस्पेस क्रस गर्ने जानकारी दिए । उनले काठमाडौंमा फोर्स ल्यान्डिङको तयारी पनि नभएको बताए ।