चलचित्र ‘सिटामोल’ मा सौगात मल्ल र बेनिशा हमालकाे जोडी


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १३ २०८०
2.3K
SHARES

१३ वैशाख काठमाडौं ।चलचित्र ‘सिटामोल’ मा सौगात मल्ल र बेनिशा हमालको जोडी बाँधिने भएको छ। चलचित्र केही दिनभित्रमा छायांकनको तयारीमा रहेको छ। गत शनिबारदेखि ‘झुम्का कानैमा’ बोलको गीतको रेकर्ड गर्न थालिएको हो। म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको गीतमा गोविन्द भट्टको शब्द, बाबुल गिरीको संगीत तथा एरेन्ज रहेको गीतमा बाबुल गिरी र रोशनी श्रेष्ठ राईको स्वर रहेको छ।

राजबहादुर सानेको निर्देशनमा बन्न लागेको यस चलचित्रमा सौगात, बेनिशा, बुद्धी तामाङ, ज्ञानु सुनार, ध्रुव दत्त अनुबन्धित भइसकेका छन्। यसअधि निर्देशक राजबहादुरले ‘वृन्दावन’, ‘वीरंगना’ जस्ता चलचित्रको निर्देशन गरिसकेका छन्। चलचित्रमा रमेश वन गोसाईं र श्याम थापाको लगानी रहने भएको छ। चलचित्रको कथा राजबहादुर स्वयंको हो भने स्क्रिप्ट डाक्टरको काम प्रदीप भारद्वाजले गरेका छन्।